..Good News : जोयाका नानीहरु मिगेल र एरिकलाई "नेपाली समुदाय युएई" ले पढाउने
जोयाका नानीहरु मिगेल र एरिकलाई "नेपाली समुदाय युएई" ले पढाउने
जोयाले नेपाल छाडेर फिलिपिन्स जाँदा जोया आकासमै हुँदा हामीले काम शुरु गरेका हौँ । हामीले उनलाई नेपाल फर्काइ सकेका छौं । नेपाल फर्किसके पछि अब उनीहरुको भबिस्यको लागि थुप्रै महानुभावहरुले सहयोगको प्रतिबध्दता जनाउनु भएको छ , यस क्रममा "नेपाली समुदाय युएई " ले जोयाका नानीहरु मिगेल र एरिकलाई माध्यमिक तह सम्मको स्कुल खर्च जुटाईदिने प्रतिबध्दता जनाउनु भएको छ ।
हिजै मैले संस्थासंग आबद्ध व्यक्तिहरु संग सम्पर्क गर्दा हाललाई नानीहरुलाई स्कुल भर्ना गर्नको लागि रकम जुटाउने कार्य शुरु भैसकेको जानकारी दिनु भएको छ ।
हुनत दुबई सरकारले सम्पूर्ण नेपाली शंघ संस्थाको गतिबिधिमा रोक लगाएको सुनेको थिए, तर सहयोगी मनलाई केले रोक्थ्यो र ?
समाज सेवामा लागेका वहाँहरु लगायत नेपाली समुदाय युएई लाई धेरै धेरै धन्यवाद !

