-नेपालमा नाकाबन्दी गरेर इज्जत फालेको भन्दै मोदी सरकारलाई पुरस्कार फिर्ता गर्ने शाहरूखको उद्घोष...Read More..
काठमाडौं । मोदी सरकारका कारण देशमा असहिष्णुता बढ्दै गएको भन्दै भारतका प्रतिष्ठित लेखक तथा फिल्मकर्मीले सरकारी सम्मान फिर्ता गर्ने क्रम बढिरहेका बेला बलिउड हस्ती शाहरूख खानले पनि आवश्यक परेमा आफूले पनि सम्मान फर्काउन सक्ने चेतावनी दिएका छन् ।
शाहरूखले देशमा पछिल्लो समय असहिष्णुता बढ्दै गएको र मानिसहरुले बिना सोचविचार जे पनि बोल्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । आफ्नो ५० औं जन्मदिनको दिन ट्वीटरबाट प्रशंसकसँग साक्षात्कार गर्दै शाहरूखले भनेका छन्, ‘ हो, प्रतिकात्मक सन्देश दिनको लागि म पनि सम्मान फर्काउँछु। देशमा असहिष्णुता बढिरहेको छ। यो चरम विन्दुमा पुगिसकेको छ।’शाहरूखले सबै धर्मका मानिसहरु बराबर रहेको बताउँदै धर्म निरेपक्षता नचाहनु राम्रो कुरा नभएको पनि बताए। त्यस्तै उनले सरकारी सम्मान फर्काइ रहिएको प्रति लक्षित गर्दै भने, ‘म पुरस्कार फर्काउने स्थितिमै त छैन् तर म ती व्यक्तिहरुको सम्मान गर्छु ।’ उनले यसो गर्दा परिस्थितमा परिवर्तन आँउछ भनेर जसरले सम्मान फिर्ता गरिरहेका छन् छन्त्य त्यो एउटा इमान्दारीता बहादुरीले भरिएको काम भएको बताएका छन् ।

