-राजकुरमार ह्यारी बर्दिया आउने, निकुञ्ज र थारु होमस्टे अबलोकन गर्ने ..

डवल महतारा

चैत्र ८ । बेलायती राजकुर ह्यारी आज बर्दिया आउने भएका छन् ।

बेलायती महारानीका प्रतिनिधिको रुपमा औपचारिक भ्रमणमा नेपाल आएका राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन गर्न बर्दिया आउने भएका हुन् ।

राजकुमार ह्यारी बर्दिया आउने भएपछि यस क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको खौराहा खोलामा जलयात्रा, निकुञ्जको अबलोकन गरिसकेपछि सूर्यपटुवा गाविसको डल्लामा रहेको जैविकमार्ग थारु होमस्टे अबलोकनको कार्यक्रम रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रमेश थापाले बताएका छन् ।
बेलायती रामकुमार ह्यारी होमस्टेमा आउने भएपछि यस क्षेत्रका स्थानीय बासिन्दाहरु उत्साहित भएका छन् । राजकुर ह्यारीलाई थारु नाँच र गैंडा बसस्थान रहेको शिब सामुदायिक बनको अवलोकन गराउने कार्यक्रम रहेको छ ।

नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष पूरा भएको अवसरमा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्य सहित नेपाल भ्रमणमा ह्यारी नेपाल भ्रमणमा आएका हुन् ।

यसअघि बि.स.१९३२ को हिउँदमा उनका बाजे युवराज एड्वर्ड सप्तम् महारानी भिक्टोरियाका जेठा छोरा  बर्दियामा आएकाको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्...