-अब भाडाको घरजग्गामा स्कुल चलाउन नपाइने, काठमाडौँका सैयौं स्कुल बन्द हुने..
८ चैत, काठमाडौं । घर या कोठा भाडामा लिएर अब निजी विद्यालय सञ्चालन गर्न नपाइने भएको छ ।
शिक्षा मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ जारी गर्दै निजी विद्यालयका लागि आफ्नै घरजग्गा हुनु अनिवार्य भएको जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।
शिक्षा विभागका निर्देशक एवं प्रवक्ता वैकुण्ठ अर्यालले काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा गल्लीगल्लीमा, कोठाकोठामा असुसरक्षित तरिकाले निजथी स्कुल चलाउँदा जोखिम देखिएकाले शिक्षा मन्त्रालयले निजी विद्यालय सञ्चालन गर्न ३२ वटा न्यूनतम मापदण्ड तोकेको बताए ।
निर्दैशिकाले विद्यालयसँग आफ्नो नाममा जग्गा घर वा कम्तीमा ५ वर्षको घर भाडाका लागि जग्गा वा घरधनीसँग विधिवत सम्झौता भएको हुनुपर्ने भनेको छ ।

