-दीपाश्रीका ६ सहायक निर्देशक, मुन्द्रेले खेतमै गरे नम्रतासँग प्रेम ! हेर्नुहोस्.. Suting Report .(भिडियो सहित )..

कलाकार एवं निर्देशक दीपाश्री निरौलाले छ जना सहायकलाई दाँया बाँया राखेर निर्देशन सुरु गरेकी छिन् । दीपाश्रीको निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’ को सोमवार सूर्यविनायकवाट सुटिङ सुरु भएको छ ।

दीपाश्रीको निर्देशन रहने उक्त चलचित्रमा दीपकराज गीरि, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), दिनेश राउत, सम्राट शाक्य र विनोद सहायक निर्देशकको रुपमा रहने छन् । ‘मैले ६० जनाको नेतृत्व गर्दै छु सहायक निर्देशक छ जना रहेका छन् ।’ अनलाइनखबरसँग कुरा गर्दै दीपाश्रीले भनिन् ।

हरेक ब्यक्तिमा भिन्न क्षमता हुन्छ भन्ने मान्यता राख्ने दिपाश्रीले धेरै निर्देशक राखेर राम्रो चलचित्र बनाउने दाबी गरिन् । कलाकार दीपकाराज गिरिले पनि आफु सहायक भएको स्वीकारे । ‘हो, यो फिल्ममा म सहायक निर्देशक हुँ दीपाजीले जे-जे अर्‍हाउनुहुन्छ म त्यही गर्छु ।’ केदार जितुको पनि त्यही सोंच छ ।

०४८ सालमा अभिनय सुरु गर्दादेखि नै चलचित्र निर्माणको प्राविधिक विषयमा ध्यान दिएको धारणा राख्ने दीपाश्री राम्रो चलचित्र बनाउँछु भन्नेमा ढुक्क छिन् । यसअघि विभिन्न टेलिश्रृङ्खला र विज्ञापनको निर्देशन समेत गरेकी छिन् उनले ।

मुन्द्रेले खेतमै प्रेम गरे नम्रतासँग

भक्तपुरस्थित सूर्यविनायकमा सामान्य पूजा गरेर फिल्मको सुटिङ सुरु भएको छ । पहिलो दृष्य मुन्द्रे र नम्रताको थियो । मुन्द्रेले नम्रतासँग खेतमा बसेर प्रेमको कुरा गर्दै त्यतैवाट भगाएर लगे । बाँकी प्रसंग पछि मात्रै जानकारी दिने भन्दै दीपाले थप कुरा गर्न मानिन् ।




प्रतिक्रिया दिनुहोस्...