-टेलिकमको नयाँ सामाजीक सञ्जाल ‘मिट’ मा यस्ता छन् सेवासुविधा, तपाईं पनि प्रयोग गर्ने की ?
५ माघ-
नेपाल टेलिकमले आफ्नो छुट्टै सामाजीक सञ्जाल मिट सञ्चालनमा ल्याएपछि यसबारे धेरैले चासो लिन थालेका छन् ।
यो फेसबुक जस्तै एउटा सामाजीक सञ्जाल हो र मिट मार्फत् टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई प्रयोगकर्ताले आदानप्रदान गर्न पाउनेछन् ।
मिट प्रयोग गर्न सर्वप्रथम मिट डट नेट डट एनपीमा गई आवश्यक विवरण भर्नुपर्छ । नेपाल टेलिकमका प्रयोगकर्ताले मात्रै यो सञ्जाल चलाउन सक्नेछन् । नेपाल टेलिकमको कुनै एउटा मोबाईल नम्बर एकपटक रजिष्टर गरेपछि यो सञ्जाल चलाउन सकिन्छ ।
टेलिकमका अनुसार मिटमा प्रयोगकर्ताले ५ एमबीभन्दा कम साईजका तस्विरहरु अपलोड गर्न सक्नेछन् । तर अन्य सामाजीक सञ्जाल जस्तो यस्मा अनलिमिटेड स्पेस भने छैन । उपभोक्ताले १ जिबी मात्रै प्रयोग गर्न सक्नेछन् । यही सामाजीक सञ्जाल मार्फत् उपभोक्ताले दैनिक १० वटा एसएमएस पनि निःशुल्क पठाउन सक्नेछन् ।
टेलिकमले एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको सुविधा पनि यही सञ्जालमार्फत् सुरु गरेको छ ।
सेवाग्राही र टेलिकमबीच सामाजिक सम्बन्ध विकास गराउने उद्देश्यले यो सामाजीक सञ्जाल सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ ।

