-धुर्मुस सुन्तलीले बाडें मुसहर बस्तीमा सिरक, डस्ना र चामल,,..
महोत्तरी। महोत्तरीको बर्दिबास मुसहर बस्तीमा नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले साढे ५ लाख बराबरको तत्कालीन राहात प्याकेज वितरण गरेको हो ।
धुर्मुस सुन्तलीले तत्कालका लागि मुसहर बस्तीमा रहेका ५५ परिवारलाई प्रति परिवार दुई दुई वटा न्यानो सिरक र डस्ना वितरण गरेका छन् । त्यस्तै सबै परिवारलाई एक एकबोरा चामल, दाल लगायतका उपभोग्य सामग्री पनि उपलब्ध गराएका छन् । यस्तै, मुसहर बस्तीकै सबैभन्दा बढी अध्ययन गरीरहेका मन्जे सदालाई धुर्मुस सुन्तली फाउण्डेशनले प्रोत्साहन स्वरुप ५ हजार रुपैँया नगद पनि प्रदान गरेको छ ।
विद्यालय नजिकै रहे पनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि हौसला दिनका लागि उक्त नगद रकमदिइएको फाउण्डेशनले जनाएको छ । अहिले कक्षा ११ माअध्ययनरत मन्जे सदाले धुर्मुस सुन्तलीले गरेको सम्मानले आफुलाई थप प्रोत्साहन मिलेको भन्दै मुसहर समुदायमा शिक्षाको महत्वबुझाउने संकल्प गरेका छन् । राहातवितरण गर्दै धुर्मुस सुन्तलीले सबैको साथ र सहयोग पाएमा मुसहर बस्तीको मुहार फेर्ने अभियानको नेतृत्व लिन आफुहरु तयार रहेको बताएका छन् ।
भूकम्प पछि ७७ दिनमा प्रशंसा योग्य एकिकृत नमुना बस्ती बसालेको अनुभवपनि रहेको भन्दै उनीहरुले मुसहर बस्तीको मुहार फेर्न सकिने बताएका हुन् । मुसहर समुदायको जीवनस्तर उकास्नका लागि औपचारीक शिक्षासँगै व्यापक जनचेतनाको खाँचो रहेको हाँस्यकलाकार सिताराम कट्टेलको भनाई छ । मुसहर बस्तीमा उक्त सहयोग सामग्रीवितरण गर्दै कुञ्जना घिमीरेले आधार भुत आवश्यकताको नै अभाव रहेको प्रति दुख व्यक्त गरेकी छिन् ।

