-मादक पदार्थ सेवन गरी गाडी चलाउँदा न्यूजिल्याण्डमा नेपाली युवकलाई देश निकाला !

जेन्सी।


न्यूजिल्याण्डमा एक नेपाली युवक मादक पदार्थ सेवन गरी गाडी चलाउँदा समातिएका छन्।
रक्सी पिएर गाडी चलाएको र प्रहरीको अगाडी नरोकिएको आरोपमा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने दिपेन्द्र प्रधानलाई मुद्धा नचलाइ छोडिएको छ। उनलाई न्यूजिल्याण्डको अध्यागमनले देश छोड्न आदेश दिएको न्यूजिल्याण्डको एक वेबसाइटले समाचार छापेको छ।

पार्टनरसिप भिसामा एक वर्ष अघि न्यूजिल्याण्ड पुगेका उनी साथीभाइसंग मस्तीमा रहँदा ह्विस्की सेवन गरि राती गाडी चलाएर घर जाने निर्णय गरि हुँइकिएका थिए। उनी विद्यार्थी भिसामा न्यूजिल्याण्ड पुगेका हुन। उनी संगै उनकी श्रीमती सर्जना दुवाल पनि न्यूजिल्याण्ड मै छिन्। सर्जनाको वर्किङ भिसा हो।

ह्विस्की पिएर गाडी चलाएर जाँदा बाटोमा प्रहरीले उनलाई रोक्न खोज्यो। उनी झ्याप्पै रोकिएनन्। अलिक अगाडी पुगेर रोकिए। प्रहरीले लाइट बालेको नदेखेर नरोकिएको उनले बताए पनि प्रहरीको रिपोर्टमा उनले रक्सी पिएको देखियो। उनीमाथी नशालु पदार्थ सेवन गरेर गाडी चलाएको अभियोग लगाइएको छ।

मापसे सेवन गर्दा उनलाई ८ सय ६० डलर जरिवाना तिराइयो र प्रहरीको अगाड नरोकिदाँ थप ५०० जरिवाना थपियो। उनले अब गाडी चलाउन पाउने छैनन्।

घटना भएको १ महिना पछि देश निकाला गर्न सकिने आयश सहितको पत्र उनको हातमा पर्यो।

स्थायी घर भक्तपुर भएका उनको नेपाल छँदा आफ्नै अफिस थियो। उनी वेबसाइट डेभलपर थिए। सर्जनाले सन् २०१४ मा स्टुडेन्ट भिसाको लागि आवेदन दिएकी थिइन। वर्ष दिन सम्म कुनै जवाफ आएन। शैक्षिक प्रणाली राम्रो भएकाले उनीहरु न्यूजिल्याण्ड जान चाहन्थे।

त्यहि बेला नेपालमा भूकम्प गयो। मध्यवर्गीय उनको परिवार विपन्न भयो। केही महिना पालमुनी बसे। अनि सर्जनाको भिसा लाग्यो।

दिपेन्द्र चुकचुकाउँदै भन्छन्, ‘मेरो एउटा गल्तीले सत्यानाश भयो।’

अध्यागमनले दिपेन्द्रलाई देश छोड्न आदेश दिइसकेको छ।

उनी भन्छन्, ‘मलाई पश्चाताम छ। त्यो दिनपश्चात रक्सी छोएको पनि छैन्। जीवनभर रक्सी नपिउने कसम खाएको छु।’





प्रतिक्रिया दिनुहोस्...