-प्रचण्डलाई ओलीको अहिले सम्मकै कडा चेतावनी : ‘मैले भिडौं भन्न मिलेन, सम्हालिएर बोल्नुस्’
भिडन्तको संकेत गर्दै प्रचण्डलाई ओलीको अहिलेसम्मकै कडा चेतावनी
वुद्धिजीवीलाई मुसासँग तुलना गर्दै सुनाए यस्तो कथा ! पढ्नुस
प्रचण्डले ओलीप्रति संकेत गर्दै, ‘राष्ट्रवादका नाममा दक्षिण पन्थी हावा चल्दैछ’ भन्दै वाइसियललाई त्यसका विरुद्ध सक्रिय हुन आग्रह गरेका थिए । ‘अब उग्रबामपन्थ नटिक्ने भो, राष्टबादले देश सक्ने भयो भन्ने डर उहाँ (प्रचण्ड) मा देखियो, ओलीले भने, मैले आउनुस् न त भिडौं भन्न मिलेन, सम्माहलिएर बोले राम्रो हुन्थ्यो ।’
अखण्ड नेपाल पार्टीकी उपाध्यक्ष एमालेमा प्रवेश
संसदको सार्वजनिक लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिने परम्परा तोडेको प्रति पनि ओलीले ब्यङ्ग्य गरे । यत्रो शक्ति भएको बेला माओवादीले प्रतिपक्षी भन्ने कुरा राख्नुहुँदैन, ब्यङ्ग्य गर्दै ओलीले अगाडि भने, अब बाँकी एउटा प्रमुख प्रतिपक्षी दलको नेता पनि उहाँहरुले नै लिए हुन्छ ।
उनले वुद्धिजीवी भनौंदाहरुले जथाभावी बोल्दा देश संकटमा परेको भन्दै मुसाको कथा सुनाए ।’मुसाले कुतुर कुतुुर लुगा काटेन भने उसको दाँत बढ्छ काम लाग्दैन तर थोत्रा मैला काम नलाग्ने लुगा काटेपनि त हुन्थ्यो सुट नै काट्छ, बुद्धिजीवीप्रति कटाक्ष गर्दै ओलीले भने, वुद्धिजीवीको पनि वुद्धिमा धार लाउनु पर्छ तर देशलाई नोक्सान नहुनेगरी धार लाए राम्रो हुन्थ्यो।’
Source: NepaliHeadlines

