-एमालेले प्रतिकार गरे आन्दोलनबाटै निकासः अशोक राई

८ मंसिर, काठमाडौं ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन प्रस्तावको एमालेले प्रतिकार गरे संघीय गठबन्धले आन्दोलन मार्फत निकास खोज्ने बताएका छन् ।
मोर्चाका नेतालाई प्रचण्डले भने- ओलीसँग अव…

‘सहमति र सहकार्यकै बाटोमा हामी छौ, हाम्रो माग नयाँ होइन संविधान जारी भएदेखि नै असन्तुष्टि हो’, उनले भने,‘एमालेले प्रतिकार गरे हामीलाई पनि सिकाउनु पदैन, आन्दोलनबाटै निकास खोज्छौ ।’



नेता राईले गठबन्धनको माग सम्बोधन गर्ने गरी संविधान संशोधन प्रस्ताव ल्याउनको लागि सरकार दुई चार दिनको समयसीमा थप्न सकिने बताए ।

उनले नेपाली हेडलाइन्सँग भने,‘प्रचण्ड नेतृत्वको सरकारप्रति हाम्रो माया छ, हामीले भोट हालेका छौ, हाम्रो माग सम्बोधन हुने गरी प्रस्ताव आउछ भने समयसीमाले कुनै असर गर्दैन ।’

पाकिस्तानी सेनाको एक ट्वीटपछि सबै चुपचाप

आफूहरुको माग सम्बोधन हुन नदिने एमालेले नयाँ झगडाको विऊ झिकेको आरोप लगाउदै नेता राईले सरकारले आफूहरुको माग सम्बोधन गर्ने गरी प्रस्ताव ल्याउने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्...