Breking News,,.फेरी अर्की महिलामाथी एसिड प्रहार, गम्भिर घाईते युवतीको उपचार हुँदै..

फागुन २८ गते-
दांगमा अर्की महिलामाथी एसिड प्रहार भएको छ । थारु समुदायकी ३२ बर्षीय महिलामाथी हिजो साँझ एसिड प्रहार भएको हो ।


दांगको घोराहीस्थित गुलरियाकी ती महिलामाथी एसिड प्रहारपछि उनी गम्भीर घाईते भएकी छिन् ।
देब्रे कान र गालामा घाउ भएकी उनको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लगिएको छ ।

मोटरसाइकलमा आएका दुईजना युवाले उनलाई एसिड प्रहार गरी भागेका उनका आफन्तले बताएका छन् । ती महिलाका श्रीमान् भने रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । प्रहरीले यसबारेमा अनुसन्धान भैरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्...