-माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु..

बझाङ, २८ फागुन । बझाङमा माटोको ढिस्कोले पुरिएर तीन जना महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान घर पोत्नका लागि माटो खन्न गएका उनीहरुको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा खिरागडी–२ की ४० वर्षीया कान्तामती कार्की, २८ बर्षीया श्रीमती विष्णादेवि पन्त र ३२ वर्षीया पशुपति कार्की रहेकी प्रहरीले बताएको छ ।




प्रतिक्रिया दिनुहोस्...