-नेहा पुनको हत्यामा आधारित लघु चलचित्र बन्यो .. हेर्नुहोस् ( भिडियो सहित )...
केहि समय पहिले पोखराकी मोडल नेहा पुनको हत्या प्रसंगले केहि दिन नेपालभर चर्चा दिलायो । आफ्नै धर्मदाईले सेक्स प्रस्ताव राख्दा नमानेपछि नेहाको हत्या भएको रहस्य खुल्यो । अभियुक्त सतिश खड्का पक्राउ परे । सतिशलाई अहिले जेल चलान गरिसकिएको छ । बहिनी नेहासँग सँगै मोटरसाईकलमा हिँडेका सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरेका थिए । नेहाले मानिनन् ।
उनले जबरजस्ती गर्न खोजे । त्यसपछि नेहाले सतीशलाई गाली गरिन् । त्यसपछि ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चूर भएका सतीशले ३/४ पटक टाउकोमा प्रहार गरेपछि नेहा त्यहीं ढलिन् । त्यसपछि सतीशले नेहालाई त्यही छाडेर हिँडे ।
यहि घटनामा आधारित रहि एक लघु चलचित्र निर्माण भएको छ । चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन् । चलचित्रमा अशोक सुनार, शोभा भण्डारी, सुरेश गुरुङ् र कृष्ण नेपालले अभिनय गरेका छन् ।
भिडियो:
