-चीन र भारतबीच नेपालमा यस्तो प्रतिस्पर्धा !
काठमाण्डु, २० फागुन– छिमेकी चीनले (नेपाली सीमा) केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेका बेला दक्षिणी छिमेकी भारतले पनि काठमाण्डुसम्मै रेल वे सञ्जाल जोड्ने योजना अघि बढाएको छ ।नेपालको राजनीतिमा देखिने÷नदेखिने गरी चासो राख्ने दुवै छिमेकी रेलमार्ग जोड्न प्रतिष्प्रर्धी झैं देखिएका छन् ।
भारतले उत्तरप्रदेशको बहरनी बजार (सिद्धार्थनगर जिल्लादेखि) देखि काठमाण्डुसम्म रेल लाइन नेटवर्कको सर्भे गर्ने कार्यक्रम रेल बजेटमा घोषणा गरेको छ । सर्भेको काम भएपछि भारतले नेपालसँग सहकार्य गरेर रेलवे निर्माण काम सुरु गर्नेछ ।
भारतका रेलमन्त्री सुरेश प्रभुले रेल बजेटमा बरहनी बजार–काठमाण्डु रेल नेटवर्क सर्भे गर्न बजेट छुट्याएरै योजना अघि सारेका हुन् । उनले दोश्रो रेल बजेटमा काठमाण्डुसम्म रेल लैजाने योजना प्रस्तुत गरेका छन् ।बेइजिङ जोड्ने रेलमार्ग तिब्बतको सिगात्सेसम्म आइसकेको र त्यसलाई आगामी पाँच वर्षभित्र केरुङसम्म ल्याउने भएपछि भारतले पनि नेपालको राजधानीमै रेल ल्याउने योजना अघि बढाएको छ ।कान्तिपुर दैनिकबाट

