- सिन्दुर हाल्न खोज्ने युवकको हत्या..
वीरगन्ज, ६ चैत - आफूले मन पराएकी युवतीको अर्कै केटासँग बिहे गर्नका लागि टीकाटालो भएको खबर पाएपछि तनावमा परेका बारा कलैयाका सन्तोष साह सिन्दुर र पोते लिएर मंगलबार मध्यराति केटीको घरमा पुगे। छतमा कुरेर बसेका सन्तोषलाई भेट्न निभा छतमा पुगिन्।
दुवैजनाबीच भनाभन भएको थाहा पाएका निभाका बुबा, आमा र भाई पनि छतमा पुगे। उनीहरुले सन्तोषलाई घरभित्र लगे। नाइलनको डोरीले सन्तोषको घाँटी कसेर हत्या गरिदिए।
निभाका परिवारका सदस्यले सन्तोषको शब बुधवार दिनभर घरमै राखे। बुधवार मध्यरातमा घर नजिकैको बकुल्ला बारीमा लगेर फालिदिए। बिहीवार बिहान खेतमा शौच गर्न गएका स्थानीय महिलाले युवकको शब देखेपछि प्रहरीलार्इ खबर गरेका थिए।
घटनास्थलमा बिहीवार बिहान पुगेको प्रहरीले शब नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो। अनुसन्धानका क्रममा सन्तोषको हत्यामा उनकै प्रेमिका निभा र उनका अभिभावकको संलग्नता रहेको खुलेपछि प्रहरीले बिहीवार साँझ नै निभासहित चारजनालार्इ पक्राउ गरेको छ।

