Tech news
»
-आजको राशिफल, वि.सं. २०७२ साल चैत ११ गते।
-आजको राशिफल, वि.सं. २०७२ साल चैत ११ गते।
वि.सं. २०७२ साल चैत ११ गते। बिहीबार। इश्वी सन् २०१६ मार्च २४ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– प्रतिपदा, १८:३६ बजेउप्रान्त द्वितीया। नक्षत्र– हस्त, २०:५६ बजेउप्रान्त चित्रा।
योग– वृद्धि, ८:१२ बजेउप्रान्त ध्रुव। करण– कौलव, १८:३६ बजेदेखि तैतिल, भोलि बिहान ७:३८ बजेउप्रान्त तैतिल। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १८:१७ बजे र दिनमान ३० घडी २८ पला। नालास्थित
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। समय लागे पनि काम बन्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ। भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। पशुधन र जमिनबाट मनग्य लाभ मिल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन समेत तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू पनि बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ। विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसरले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ। यात्रा पनि सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ। जीवनशैलीमा परिवर्तन आउन सक्छ।
नेपाली पात्रो
प्रतिक्रिया दिनुहोस्...