-ज्योतिषले रेखा थापासँग छुटाएर पछि धकेलिदिए छबिराज ओझाको दोस्रो किस्मत!

मिडिया एनपी, काठमाडौं, ४ चैत्र । नेपाली सिने नगरीका ‘बा’ निमौता छविराज ओझालाई ज्योतिषले २०७२ सालमा फिल्म रिलिज नगर्नु भनेपछि उनको ‘किस्मत २’को प्रदर्शन मिति पर सरेको छ । नत्र नायिका रेखा थापाको फिल्म ‘रामप्यारी’सँग यहि चैत्र २६ गतेबाट रिलिज हुने भनिएको थियो । ज्योतिषको सल्लाहले नै रेखा थापासँगको छविराजको व्यवसायिक युद्ध रोकिएको छ ।

अब यो फिल्म साउन २८ गतेबाट रिलिज हुने भएको छ । ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्ममा पनि छविकी नायिका शिल्पा पोखरेल नै मुख्य भूमिकामा देखिने छिन् । शिल्पासँगै किशोर खतिवडा पनि शिल्पाको जोडीका रुपमा पर्दामा देखिने छन् । चलचित्र साउन २८ गते रिलिज हुने वितरक गोपाल कायस्थले बताएका छन् । छविसँगको सल्लाहामा यो मिति तय गरिएको कायस्थको भनाई छ ।

‘किस्मत २’लाई काठमाडौंमा कायस्थले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनिले वितरण गर्नेछ । फिल्म अहिले पोष्ट प्रोडक्शनको अन्तिम चरणमा छ । नयाँ बर्ष सुरु भएसँगै प्रचार प्रसार थाल्ने निर्माण टिमले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्...