-कांग्रेसको चुनाव, गगनलाई तनाव ! (फोटोफिचर)..के युवा नेता गगनले जित्ला र ,..?
काठमाडौं– ‘मलाई राम्रोसँग थाहा छ, म मेरो वुवासँग चुनाव लड्दै छु । कांग्रेसको महमन्त्रीमा उम्मेद्वारी दिँदै गर्दा मैले परिवारलाई हेरेको छैन, मेरा दुई अवोध नानिहरुको भविष्य हेरेको छु ।
यो कठोर निर्णय लिँदै गर्दा मलाई मेरा नानिहरु जस्तै लाखौं नानिहरुले भोलिका दिनमा भनुन्, ‘त्यवितेला गगन थापाले साहसिक निर्णय गरेछन् ।’ महमन्त्रीमा कृष्ण सिटौलाको प्यानलबाट उम्मेद्वारी घोषणा गरेको दिन यसो भन्दै गर्दा गनगनको मुहार पसिनाले छपक्कै भिजेको थियो ।
त्यसयता गगन समयको चापमा छन् । कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्दसत्र चल्दै गर्दा शनिवार भृकुटीमण्डमा पत्रकार सम्मेलन गरेका थापाले आफु महामन्त्रीको चुनाव जित्नेमा ढुक्क रहेका भन्दै आफुले देश चलाएर देखाउने उद्घोष गरे ।
आफ्ना ससुरा अर्जुन नरसिंह केसी र विपी कोईराला पुत्र शसांक कोईलाको विरुद्ध उम्मेद्वारी दिएका थापाका लागी कांग्रेसको महमन्त्री जित्नु फलामको च्युरा चपाउनु सरह हुनेछ । त्यसैले त थापा तनावमा छन् । पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि भन्दै महत्वकांक्षी निर्णय गरेका थापा तनाव पनि सजिलै लुकाउन सक्छन्, त्यसैले त ‘जय नेपाल है भन्छन्, मज्जाले मुस्कुराउँछन् ।’
नेपाली कांग्रेसभित्र जुझारु युवा नेताको छवी बनाएका थापा बिहान सवेरै देखि भृकुटीमण्डपमा ब्यस्त रहन्छन् । गगनलाई देख्नासाथ उनलाई तान्नेको भिड हुन्छ । युवा महाधिवेशन प्रतिनीधिहरुले उनलाई सवैभन्दा धेरै पछ्याउने गरेका छन् । आफूभन्दा पाको उमेरका प्रतिनिधिलाई ‘दाई जय नेपाल’ भन्दै पुग्छन् थापा र भन्छन्, ‘यसपटक तपाईहरुको भर परेको छु ।’
भोट माग्दा उनलाई कसैले हुँदैन भन्दैनन् । त्यसैले त तनावमा पनि मज्जाले हाँस्छन् गगन कुमार थापा ।

