-बाबु र श्रीमान् एउटै पदको उम्मेदवार भएपछि गगनकी श्रीमतीले लेखिन यस्तो स्टाटस.. हेर्नुहोस्..

काठमाडौं । एउटै परिवारभित्र पनि फरक फरक राजनीतिक आस्था र विचार हुनु स्वभाविक हो । यसअघि सबैभन्दा धेरै मत ल्याएर खुल्ला केन्द्रीय सदस्य पदमा चुनाव जितेका गगन थापा र अर्जुन नरसिंह केसी यसपाली पनि एउटै पद महामन्त्रीमा भिडेका छन् । कसले बाजी मार्ने हो, त्यो पछिको कुरा हो ।

 तर दुवै जना एउटै पदमा उम्मेदवार बनेपछि परिवारका सदस्यहरुलाई कस्तो अनुभव भएको होला भन्ने जिज्ञासा सबैमा हुन्छ । बाबुसँगै आफ्नो श्रीमान् महामन्त्रीमा उम्मेदवार लडेपछि गगन थापाकी श्रीमती तथा अर्जुन नरसिंह केसीकी छोरी अञ्जना केसी आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् ।

 उनले दुवैजना आत्माविश्वासका साथ चुनावी मैदानमा गएको तर दुवै जनालाई सजिलो भने नरहेको बताएकी छन् । यद्धपि उनले दुवैजना आफ्ना कार्यकर्ताले विश्वास गरेका योग्य उम्मेदवार भएको उल्लेख गरेकी छन् । उनले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘यस निर्वाचनको परिणाम त मलाई थाहा छैन तर म आज दुवै जनाका लागि प्रार्थना गरिरहेकी छु ।’




प्रतिक्रिया दिनुहोस्...