-ड्राइभर द्वारा जर्मनी युवती बलात्कार..

फागुन, काठमाडौं । जर्मनीकी एक युवतीले २०१५ डिसेम्बरमा दिल्लीमा अटो ड्राइवरले आफूलाई बलात्कार गरेको बताएकी छन् ।


उनले महिला आयोगमा उजुरी दिएकी छन् र, ड्राइवर र उनका साथीले कुटपिट गरेको आरोप पनि लगाएकी छन् ।

आयोगका अनुसार पीडित युवतीले दिल्ली महिला आयोगमा ५ फेब्रुअरीमा इमेल पठाएर उजुरी गरेकी हुन् । आयोगको आग्रहमा उनी १९ फेब्रुअरीमा आयोगमा आएकी थिइन् ।

एक च्यारिटीका लागि काम गर्न भारत आएकी उनलाई अटोबालाले बलात्कार गरेको बताइएको छ । उनका अनुसार राति होटलबाट निस्किएपछि बाटो बिराएको र बाटोमा अटो ड्राइवरलाई बाटो सोधेकी थिइन् ।

अटोबालाले होटलमा पुर्‍याउनुको सटो एक अध्यारो ठाउँमा लागेर कुटपिट गर्नुका साथै बलात्कार गरे । उनी त्यहाँबाट निस्किएर अर्को गल्लीमा पुगिन् । तर, त्यहाँ पनि त्यही अटो ड्राइकर पुगे । उनीसँग अरु मानिस पनि थिए । उनीहरुले फेरि अटोमा ल्याएर दुव्र्यवहार गरे ।

घटनापछि फुटपाथमा बसिरहेका उनलाई एक व्यक्तिले केही नबताइ होटलसम्म पुर्‍याएका थिए ।



प्रतिक्रिया दिनुहोस्...