-२ महान आत्माः जो आफू मरेर पनि अरु सबैलाई बचाए, कहाली लाग्दो दुर्घटना टारेर संसारबाट विदा लिएका दिनेश र सन्तोष..(भिडियो सहित )..

विमानमा समस्या आएपछि चालक दिनेश न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए । तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्‍यो ।
यात्रुलाई बचाउन सन्तोषले अन्तिम सम्म पनि प्रयास गरेको घटनाक्रमले देखाएको छ । चालक र सहचालकले आफ्नो बलिदान गरेर पनि यात्रुहरुलाई भने सुरक्षित राखेको देखिएको छ।

घाइतेको उद्धारका लागि पोखराबाट एयर डाइनेष्टिको हेलिकोप्टर गइसकेको र काठमाडौबाट पनि हेलिकोप्टर पठाइएको छ । घटनास्थलमा कालीकोटबाट डिएसपी किसनसिंह बुढाले नेतृत्वको टोली तथा नेपाली सेनाको टोलीपनि परिचालन गरिएको छ ।

दुर्घटनामा परेको काष्टमण्डप एयरको नाइन एन जेवी जहाजमा चालक क्याप्टेन दिनेश न्यौपाने को पाइलट सन्तोष रानाको चालक दल थियो भने यात्रुहरुमा शोनाली भट्टचन, लक्ष्मी सुनार, मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री रहेको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्...