-आफैंले छामेर यसरी पत्ता लगाउन सकिन्छ स्तन क्यान्सर... जानी राखौ...
मिडिया एनपी, चितवन, १२ फागुन । नेपालमा दोस्रो ठूलो समस्याका रुपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरुले बताएका छन् । जसका लागि रोग पहिचान आफैँले गर्न सकिने भन्दै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान विधि सिकाउने कार्यलाई तीव्रता दिएको छ ।
स्तन क्यान्सरको पहिचान आफ्नो स्तनको आफैँ पहिचान गर्ने सबैभन्दा सजिलो विधि हो भने स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तनको आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने चिकित्सकको भनाइ छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानाङ्ग बर्सेनी बढ्दो अवस्थामा रहेको स्तन क्यान्सर नियन्त्रणका लागि स्वयम् व्यक्तिलाई प्रशिक्षित गराउन विभाग सक्रिय रुपमा लागेको बताउँछन् । सोही विभागले देशका १२ वटा अस्पतालबाट तथ्याङ्क सङ्कलन समेत गर्दै आएको छ । सन् २००३ देखि सन् २०१२ सम्म सुरुमा सात …
