-ओलीले पहिलोपटक उठाए भारत तर्सिने विवादित विषय, मोदी गम्भीर!

सन् १९५० को असमान सन्धि पुनरावलोकनको प्रस्ताव
काठमाडौं, ९ फागुन । ६ दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई तर्साउने गरी एउटा विवादित विषय उठाउनुभएको छ ।शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा ओलीले १९५० को सन्धि पुनरावलोकनको प्रस्ताव गरेको दिल्लीमा रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा भएको नेपाल–भारतबीचको द्विपक्षिय वार्तामा यो विषयसँगै प्रधानमन्त्री ओलीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको कुरा पनि उठाउनुभएको थियो ।

ओलीले विवादित विषय उठाएपछि भारत गम्भीर बनेको छ । यद्यपी भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक प्रतिक्रिया दिएको रिमालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा भारतीय पक्षबाट पनि आफ्ना कुरा प्रष्ट रुपमा आएका छन् । दुई देशबीचको नवगठित प्रबुद्ध व्यक्तिको समुहमा लैजाने विषयमा छलफल भएको छ । अब यो मुद्दा अगाडि बढ्छ ।१९५० को सन्धिको पुनरावलोकन गर्न भारतीय पक्षले आफूहरु तयार रहेको भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन आग्रह समेत गरेको रिमालको भनाई छ । राजकीय सम्मानका साथ भारतको भ्रमणका गएका ओली असमान सन्धि भएको ६५ वर्षपछि पुनरावलोकन मुद्दा उठाउने पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।

यसैगरी द्विपक्षिय वार्तामा भारतले विभिन्न स्थानमा बनाएका बाँधले उत्पन्न गरेका समस्याको विषयमा पनि छलफल भएको छ । अन्य समस्याहरुमा पनि ओलीले मोदीको ध्यानाकर्षण गराउनुभएको प्रमुख सल्लाहकार रिमालले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्...