-घरमा सबैजना सुतेको मौका पारी युवकले गरे आत्महत्या

महोत्तरी, ९ फागुन-
महोत्तरीको गौशालामा एकजना युवकले आत्महत्या गरेका छन्। गौशाला नगरपालिका–५ का ३५ वर्षीय मानबहादुर आलेले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन्।


बिहान सबैजना सुतेको मौका छोपी आलेले पासो लगाएर आत्महत्या गरेको निजका बुबा एकाबहादुर आलेले बताए। करिब ६ महिना पहिले मलेसियाबाट फर्केका उनी गाउँमै कामकाज गर्दै आएका थिए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए।मृतक आलेका तीनवटा छोराछोरी रहेका छन्। रासस



प्रतिक्रिया दिनुहोस्...