खुशीको खबर ! टेलिकमले ल्यायो फेसबुकजस्तै सामाजीक सञ्जाल ‘मिट’, मोबाइलमा निःशुल्क म्यासेज पठाउन मिल्ने..

काठमाडौँ, ४ माघ-
नेपाल टेलिकमले नयाँ सामाजिक सञ्चालका रूपमा ‘मिट’ सञ्चालनमा ल्याएको छ ।

लेख, तस्बिर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सञ्जालको टेलिकम भोजपुर प्रमुख रामकुमार माझीसँग आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईले कुराकानी गरेर उद्घाटन गर्नुभयो ।

सो सञ्जालबाट कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तक्र्रियासमेत गर्न सकिने छ । यसले कम्पनीका सेवाग्राहीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ ।

करिब रु १० करोड २० लाख २४ हजार बराबरको खर्चमा सो सञ्जाल सञ्चालनमा ल्याइएको हो । कम्पनीले यसलाई www.meet.com.com.np डोमेन नेमका रूपमा दर्ता गरेको छ भने त्यसको ब्रान्ड नेम मिट रहनेछ ।

टेलिकमले सो सेवामार्फत ग्राहकलाई प्रतिदिन १० एसएमएस निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवामार्फत एकमुष्ट रूपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै सङ्ख्यामा सन्देश पठाउन पनि सकिन्छ । सो साइटमा ग्राहकका क्रमिक चाहना बमोजिम आगामी दिनमा अन्य सेवा समेत उपलब्ध गराउँदै जाने कम्पनीको लक्ष्य रहेको छ । Source: Taja Khabar




प्रतिक्रिया दिनुहोस्...