-प्रतिक्षाको घडी सकियो, मलाई सभापति बन्नबाट कसैले रोक्न सक्दैन : रामचन्द्र पौडेल

माघ ४ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफुले अहिले सम्म धैर्य धारण गर्दै आएपनि अब प्रतिक्षाको घडी सकिएको बताएका छन् ।


नेपाल प्रेस युनियन दाङले सोमबार घोराहीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले भने अब जुन कुनै हालतमा म नै काँग्रेसको सभापति हुँ, मलाई सभापति बन्नबाट कसैले रोक्न सक्दैन ।

अहिलेसम्म सम्म सबैलाई मिलाएर लैजाउँ भन्ने भावना थियो र म फकिँदै आएको थिए, अब ति दिन गए कसैले फकाएपनि अब आफू नफकिने र सभापतिमा उम्मेदवारी दिएरै छाड्ने उनको दाबी छ ।

सभापति कोइरालालाई आफूले हरेक अवसरमा साथ दिएको बताउँदै पौडेलले आसन्न महाधिवेशनमा कोइरालाको साथ आफूलाई रहने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्...