-बाबुरामको नयाँ शक्तिमा अर्बपति बिनोद चौधरी देखि नायिका करिश्मा मानन्धर सम्म

माघ १०, काठमाडौँ । नयाँ शक्तिको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वभित्र ख्यातीप्राप्त नायिका करिश्मा मानन्धर समेतलाई समावेश गरिएको बताइएको छ । नयाँ बर्षको अवसर पारेर पार्टी घोषणाको तयारीमा लागेका भट्टराईले आफ्नो पार्टीमा मानन्धरसहित निर्माता अशोक शर्मा, अभिनेता सरोज खनाल लगायतलाई औपचारिक रुपमा आवद्ध गर्ने भएका छन् । 

भट्टराईको नयाँ शक्तिको लागि कार्यालय समेत आज नै उद्घाटन हुने सम्भावना छ । भट्टराईले आज विभिन्न पार्टीबाट आएका तथा प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर नयाँ शक्ति निर्माण अभियान राष्ट्रिय परिषद् घोषणा गर्ने कार्यक्रम छ । यसका लागि भट्टराईले आज पत्रकार सम्मेलन राखेका छन् । भट्टराईको राष्ट्रिय परिषदमा पूर्व एआईजी गणेश राई, दलित जनजाति पार्टीकी सांसद यशोदा लामा, पासाङ शेर्पा, केशवमान शाक्य लगायतका जनजाति नेताहरु समावेस हुने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्...