-मिति २०७२ साल माघ ११ गते सोमबारः आजको राशिफल..
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ ११ गते सोमवार नेपाल सम्बत ११३६ पोहेलागा, सन् २०१६ जनवरी २५ तारिक कृष्णपक्ष प्रतिपदा तिथि विहान ७ वजेर २५ मिनेटसम्म, अश्लेषा नक्षत्र राती १० वजेर ५ मिनेटसम्म, आयुष्मानयोग राती ८ वजेर ३५ मिनेटसम्म, कौलव करण विहान ७ वजेर २५ मिनेटसम्म, आनन्दादियोग सौम्य, सूर्य मकर राशीमा,चन्द्रमा राती १० वजेर ५ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा ।
आजको राशिफल:
मेषः–
मेषः–
अरुको काम गरेर जश कम मिल्नेछ । अन्योलता बढ्नेछ । गर्ने खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । आफन्तमा सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ ।
वृषः–
वृषः–
मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् भने उप्रान्त समयमा गरेका काम विग्रिने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । कामको बीचमा विचार परिवर्तन नगर्नु होला ।
मिथुनः–
मिथुनः–
धैर्यता पूर्वक काम गर्नु होला गरेका काम सफल हुनेछन् । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । आर्थिक कारोवार सकेसम्म नगर्नु होला दिएको धन डुब्न सक्छ ।
कर्कटः–
कर्कटः–
अस्थिरता बढ्न सक्छ ,लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ ।
सिंहः–
सिंहः–
प्रातकाल त्यति अनुकुल देखिन्न । मध्यान्ह पछि समयमा सुधार आउनेछ । गरेका काम पनि सफल हुनेछन् । आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।
कन्याः–
कन्याः–
दिनको पूर्वाद्ध अनुकुल छ अवसर गुमाउने काम कहि कतैबाट नहोस् । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुने छ । मध्यान्ह पछि काममा अवरोध आउनेछ । अनावस्यक खर्च बढ्नेछ ।
तुलाः–
तुलाः–
ग्रह,गोचर सामान्य देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै पनि क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।
वृश्चिकः–
वृश्चिकः–
भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
धनुः–
धनुः–
आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।
मकरः–
मकरः–
दिनको पूर्वाद्ध थोरै अनुकुल देखिन्छ कुनै काम गर्नु छ भने समयमा गर्नु होला । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम सफल हुने छन् । मध्यान्ह पछि खर्च बढ्नेछ । तनाव पनि बढ्ला ।
कुम्भः–
कुम्भः–
मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउने छ ।
मिनः–
मिनः–
दिन मध्यम खालको छ,विचार पूर्वक काम गर्नु होला । शत्रु बढ्ने छन् । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला ।
– ज्योतिषीः- श्री वेदनिधि तिमिल्सिना, पोखरा सम्पर्क नं. :- ९८५६०२६३९७
