- नायिका गरिमा दोस्रो श्रीमती बन्दै बेल्जियमका करोडपतिसँग गरिन बिहे..
लामो समयदेखी बेल्जियममा रहेका हरि शर्मा थपलियासँगको प्रेम सम्बन्धमा रहेकी नायिका गरिमा पन्तले बिहे गरेकी छिन् । केहि महिनादेखी बेल्जियममा रहेकी गरिमाले उतै हरि शर्मासँग बिहे गरेकी हुन् । दुई बर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुग्दा गरिमा र हरिको भेट भएको थियो। यसपछि गरिमा नेपाल भन्दा ज्यादा वेल्जियममा नै बस्दै आएकी थिइन् । बिहे गरेसँगै यी दुइले नयाँ व्यापार पनि सुरु गरिसकेका छन् । यी दुइले जापानिज सुसी रेष्टुरेन्ट खोलेका छन् । यो रेष्टुरेन्टको बिहिबार उद्घाटन पनि गरिएको छ।
गरिमाले आफूले नयाँ व्यवसाय सुरु गरेको फेसबुकबाटै जानकारी दिएकी छिन् । उनका श्रीमान् हरि शर्माले भने, ‘हाम्रो बिहे भर्खरै भएको छ । अब गरिमाले यतै व्यवसाय गर्छिन् वा कलाकारितालाई नै अगाडि बढाउछिन् भन्ने टुंगो लागेको छैन।’ प्रेम प्रसङ्गबारे खुलाउन इन्कार गर्दै आइरहेकी गरिमा करिव दुई बर्षदेखि ती युवासँगको अफयेयरमा रहेको पाइएको छ । प्रेम समबन्धमा रहेको बखत हरि धेरै पटक गरिमालाई भेट्नका लागी नेपाल आउने जाने गर्थे । गरिमाका श्रीमानले आफुहरुको बिहे भएको जानकारी दिएपनि गरिमाले भने यो विषयमा अहिलेसम्म मुख खोलेकी छैनन् ।
तर नेपालमा हुँदा गरिमाले आफु कसैसँग प्रेम सम्बन्धमा रहेको बताउँदै आएकी थिइन । बेल्जियममा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका हरि विवाहित पुरुष हुन् । उनको एक चाइनिज श्रीमति थिइन् । तर, हरिको जीवनमा गरिमाको प्रवेशसँगै उनीहरुको दाम्पत्य जीवनमा पनि फाटो आयो । अहिले हरिले आफ्नी चिनियाँ श्रीमतीसँग पारपाचुके गरिसकेका छन् । Source: Taja Khabar

