-सहमतीका लागी म ठूलो आशा लिएर आएको छु, सरकारले उधारो कारोबार गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्नेछ : राजेन्द्र महतो (भिडियो) ...
काठमाडौ, ३ माघ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब पनि सरकारले उधारो कारोबार गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । दुई साताभन्दा बढी समय भारतमा उपचारका क्रममा बिताएका महतोली त्रिभुवन विमानस्थल ओर्ले लगत्तै संचारकर्मीलाई प्रत्रिक्रिया दिँदै भने प्रधानमन्त्रीले बोलाएका कारण दिल्लीबाट काठमाडौं आएको हुँ ।
पुस १७ मा उपचारका लागि भन्दै दिल्ली उडेका महतोले आइतबार साँझ ७ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्रीले फोन गरेर तपाई काठमाडौं आउनुस्, समस्या समाधान हुन्छ भन्नु भएको छ । त्यही आशा लिएर आएको छु ।
अब हामीलाई निराश बनाएर फेरी आन्दोलन गर्न उहाँहरुलेब ाध्य पार्नु हुने छैन भन्ने विश्वास लिएका छौँ, उनले भने यदी अब पनि सरकारले अन्य चलखेल गर्न खोजे शसक्त आन्दोलनमा जाने चेतावनी उनले दिए । महतोले आज साँझ नै प्रधानमन्त्री ओलीलाई भेटेपछि भोली कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम छ । Source: Taja khabar..
