-बिदेशी भूमिमा बसेर नेपाल भरिएको एउटा गीत(भिडियो सहित ).....

जन्मभूमिलाई माया नगर्ने मानिस को होला र ? त्यही जन्मभूमिलाई गीतको भिडियोमा उतारेर संगीतप्रेमीलाई नयाँ स्वाद चखाउने काम विरलै मात्र हुने गर्छ ।तर जुनी जुनीसम्म आफ्नो जन्मभूमीलाई माया गरिरहने प्रण गरेका चितवनका संगीतकर्मी  तुला पर्वत उदाहरणीय बनेका छन् । यस अघि नै ९ वटा भिडियो बजारमा ल्याइसकेका तुलाले नयाँ वर्षको कोशेली स्वरुप आफ्नो १० औँ भिडियो हाम्रो चितवन  सार्वजनिक गरेका छन् ।
चितवनको सेरोफेरोमा डुबेर तुलाले तयार गरेको पाँच मिनेट लामो भिडियोमा उनले समग्र नेपाललाई आफुले भिडियोमा अटाएको बताउँछन् । भन्छन्ः चितवन मेरो मात्रै नभई तीन करोड नेपालीको अन्नको भण्डार हो । जहाँ आजसम्म बाँचेका छौँ यही माटोको भरमा, माना पाथी फलाउँदै पुर्याउँछौँ सबको घरमा ।’

पछिल्लो समय मुलुकमा देखिएको विषम परिस्थितिमा उनले आफ्नो जन्मस्थल तथा मातृभुमीको स्मरण र महत्वका लागी पनि आफुले मातृभुमीसँ सम्बन्धित गीत बनाउन लागिपरेको बताउँछन् ।चितवन आफ्नो जन्मस्थल मात्रै नभएर यसमा कैयौँ उनका जिवनका र समग्र नेपालकै आयामहरु जोडीएकाले पनि यसको महत्वलाई जिवन्त राख्न र विश्वसामु पुर्याउन पनि भिडियोमा यहाँका दृश्यहरु देखाउन खोजेको उनको तर्क छ ।
उनले आफ्ना दर्शक श्रोतालाई हाम्रो चितवन बोलको गीतलाई कुनै स्थान विशेषको तरिकाले नहेरिकन विशुद्ध मातृभुमीका रुपमा यसलाई ग्रहण गरिदिनुहुन समेत अनुरोध गरेका छन् ।

यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु बजारमा ल्याईसकेका पर्वतले नै यस गीतमा शब्द, संगीत, आवाज र अभिनय समेत गरेका छन् । अभिनयमा उनलाई प्रशंसा पौडेलले साथ दिएकी छिन् ।संजय घिमिरेले निर्देशन गरेको भिडियोको निर्देशन कन्सेप्ट स्वयम गायककै हो । जसको छायांकन उमंग शाही टूकेले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ । भिडियोलाई वाइड स्क्रिन मिडिया प्रालीले बजारमा ल्याएको हो ।कामको शिलशिलाका परदेशीएका चितवनका तुलाले यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु मार्फत आफुलाई प्रस्तुत गरिसकेका छन् । भन्छन् म बाँचुन्जेलीलाई हो सांगीतिक कर्म त्यसैले यसलाई सामान्य रुपमा लिन्न । यसको मर्म र धर्म बुझेर काम गर्नेछु ।




प्रतिक्रिया दिनुहोस्...