-साउदी दूताबासमा प्रदर्शनकारीले यसरी आगो लगाए....

१९ पुस, काठमाडौं - शिया नेता निम्रलाई मृत्युदण्ड दिएको विरोधमा इरानको रानधानी तेहरानमा प्रदर्शनमा उत्रिएकाहरू साउदी अरबको दुताबासमा प्रवेश गरेका छन् ।


सामाजिक सञ्जालहरुमा आएको तस्वीरमा दूताबास भवनको एक भागमा आगो लागेको देखिएको छ । साउदी अरबले शिया धर्म गुरु निम्र अलनिम्रलाई मृत्युदण्ड दिएपछि शिष समुदाय आक्रोसित बनेका छन् । र, विभिन्न देशमा प्रर्दशन भएको छ । साउदी अरबले शिया नेता निम्रसहित ४७ जनालाई चरमपन्थी सम्वन्धी अपराधमा फाासी दिइएको थियो । तर, इरानले भने साउदी अरबले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

अमेरिकाले निम्रलाई मृत्युदण्ड दिएकोबारे प्रतिक्रिया दिँदै यसले नश्लीय तनाब बढाउने खतरा रहेको बताएका छन् । उसले शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति सिदन साउदी अरबलाई आग्रह गरेको छ भने सबै समुदायको नेताहरुलाई मिलेर तनाव कम गर्न सुझाव दिएको छ ।

शेख निम्र साउदी अरबमा सन् २०११ मा भएको लोकतन्त्र समर्थक आन्दोलनका प्रखर समर्थक समेत थिए । उनी २०१२ मा पक्राउ परेका थिए ।





प्रतिक्रिया दिनुहोस्...