होसियार महिलाहरु ! गर्भवती अवस्थामा आलू खानु आमा र बच्चा दुबैको लागि एकदम हानिकारक हो.. जानी राखौ..
एजेन्सी । महिलाका लागी गर्भवती भएको समय धेरै नै संयमित हुनु जरुरी छ । यस्तो बेलामा के खाने के नखाने भन्ने कुरामा विशेष ख्याल पुराउनुपर्छ । एक नयाँ अध्ययनले गर्भवती महिलाले धेरै आलू खाए मधुमेह हुने खतरा औँल्याएको छ ।
शोधकर्ताहरुले मधुमेहबाट बच्नका लागी आलूको स्थानमा दोश्रो तरकारी, सागपात लगायत खान सुझाएका छन् ।
यस्तो अवस्थामा आमाको रगतमा चीनीको स्तर बढ्न जाने र भविष्यमा बच्चा र आमा दुर्वलाई समस्या आउन सक्ने समेत उनीहरुले औँल्याएका छन् ।
यूएस नेशनल इंस्टीट्यूट ऑफ हेल्थ र हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुले १९९१ देखि २००१ सालको बिचमा १५००० महिलाहरुमा गरेको गरेर यो निष्कर्ष निकालेका हुन् ।

