-भारतले सत्ता ढाल्ने सुचना पठाए पछि प्रधानमन्त्रीले चीनसँगको सम्झौता रोकिएको खुलासा!
२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीकै कारण चीनसँग इन्धन व्यापार सम्झौता रोकीएको तथ्य सार्वजनिक भएको छ । भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि देशभर इन्धनको हाहाकार मच्चीरहेका बेला प्रधानमन्त्री ओली भने भारतबाटै तेल आइहाल्छ नी भन्ने मान्यतामा रहेका छन् । असोज ७ गतेबाट भारतले नेपालमा सम्झौता विपरित इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको आयातमा रोक लगाएको थियो । अहिले फेरि बिस्तारै नाका सहज पारेको भान दिन थालेपनि उस्को माग पुरा नहुन्जेलसम्म भारतले् यसरी नै बेला बेलामा सहज र बेला बेलामा कडा पार्ने नीति लिएको छ ।
भारतले इन्धन आयात रोकेपछि नेपाल सरकारले चीनसँग विकल्प खोजेको थियो । खरिद सम्झौता गरेपछि व्यापारिक सम्झौता गर्न भने सरकारले आलटाल गरिरहेको छ । कात्तिक १८ गते चीनमा नै इन्धन सम्झौता भएको थियो । कुल मागको कम्तिमा ३३ प्रतिशत इन्धन ल्याउनेगरि गरिएको सम्झौता अहिले अलपत्र छ ।
चिनियाँ सरकारले मन्त्रपरिषद्बाटै निर्णय गर्न र उच्च तहको राजनीतिक भ्रमण मार्फत् प्रतिवद्धता जनाउन भनेकामा सरकार चुप बसेको छ । अझै प्रधानमन्त्री ओलीले आफ्नो सपना चकनाचुर भएको बताइरहेको अवस्थामा चिनियाँ सहयोगलाई सहज रुपमा स्विकार गर्न नचाहेको पनि देखिन्छ । चीनले नै रसुवागढीदेखि गल्छी सम्मको सडक गर्ने सम्मको बचन समेत दिइसकेको अवस्थामा सरकार उदासीन बन्दा आम जनता थप मारमा पर्ने भएका छन् । प्रधानमन्त्री ओलीको सरकारलाई ढाल्न पनि षड्यन्त्रहरु भैरहेका छन् ।
ओलीले यही कुरा बुझेर पनि चिनसँग नजिक नहुनु राम्रो सोचेका होलान् । भारतले उनलाई घुमाउरो भाषमा धम्की दिइरहेको छ । भारतले चीनसँग इन्धन किने सरकार त्यही दिन सरकार ढल्ने धकी दिएको उच्च स्रोतको दाबी छ । ओलीले पनि यो कुरा बुझेकाले चुप बसेको आरोप लाग्न थालेको छ । यता नेपाल भित्रै पनि प्रचण्डलाई उचालेर ओली सरकार गिराउने कसरतमा कांग्रेस लागेको, उता भारत झन चिढिने सम्भावना रहेकाले ओली चुप बसेको बताइन्छ ।
चीनसँग इन्धन किन्नेबारेमा मन्त्रीपरिषद् मौन बस्नु यसको गतिलो उदाहरण हो । अझ चीनसँगको उच्च सम्बादमा जाने भनेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा बेलायत तीर लाग्नुले पनि यसको पुष्टि गर्छ । आखिर कस्का कारण ओली डराए वा काम गर्न सकेनन् ? त्यो भविश्यमा देखिएला । तर, जनताले आश गरेका व्यक्ति नै उदाशीन हुँदा भने समस्या झनै भयावह बन्ने देखिन्छ । Source: Taja Samachar..

