-अमेरिकामै बन्यो अर्कै नयाँ देश, जारी भयो पासपोर्ट, ओबामा बेखबर!

काठमाडौं । अमेरिकाको अगाडी संयुक्त राज्य छ । किनकी युएसए विभिन्न राज्यहरुको संयुक्त नाम हो । तर, त्यहाँ एक व्यक्तिले नयाँ देश नै घोषणा गरि शासन चलाउन थालेका छन् ।उटह भन्ने स्थानमा रहेको एक मरुभुमिमा नयाँ देश घोषणा गरिउको हो । ज्याक ल्याण्डसवर्ग नामका एक युवकले उक्त जमिन खरिद गरि आफ्नो नाममा देश बनाएका हुन् । उनले देशको नाम रिपब्लीक जाकिस्तान घोषणा गरेका छन् । तर, उनको उक्त घोषणालाई अमेरिकाको कुनै पनि निकाय बेखबर छ । अझ रोचक त उक्त स्थानमा जानकालागि पासपोर्टमा भिसा नै लगाउनुपर्ने व्यवस्था गरिएको छ अनि उनै ज्याकले तयार पारेको पासपोर्टमा भिसा लगाइन्छ । उनले आफुलाई उक्त देशको राष्ट्रपति समेत घोषणा गरेका छन् । 

सडक सञ्जाल समेत पुग्न नसकेको उक्त स्थानभन्दा ३० किलोमिट पर मात्रै राष्ट्रिय राजमार्ग जोडीएको छ भने उक्त देशको क्षेत्रफल चार एकड रहेको छ । उनले लिलामिमा ६ वर्ष पहिला यो जमिन किनेका थिए भने यो स्थानलाई सार्वभौम बनाउने उनको चाहना थियो । उनले यहाँ बस्ने सर्वसाधारणलाई भिसा लगाउनुपर्ने व्यवस्था गरे पनि उनी भने उक्त स्थानमा बस्दैनन् । उनी एक वर्षका बढीमा चार पटक उक्त स्थानमा पुग्छन्। त्यस बाहेकको समयमा भने उनले रोवर्ट मार्फत् काम गराउँछन् । रोवर्टलाई केही रोजगार युवाले सहयोग गर्ने गरेका छन् । स्रोत : ताजा खबर 




प्रतिक्रिया दिनुहोस्...