-हिरोइन, निर्माता तथा निर्देशनको अनुभव बटुलेकी रेखा अब संगीतकार पनि..

काठमाडौँ , १४ पुस । फिल्म हिरोबाट डेब्यु हुँदा रेखा थापा हिरोइनमा सीमित थिइन् । बिस्तारै उनको करिअरले पिकअप लिँदै गयो, छविराज ओझाको साथ पनि थियो । त्यसपछि निर्मात्रीका रूपमा देखा परिन् । उनले निर्माण गरेका हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनजस्ता फिल्म ब्लकबस्ट भए ।


अभिनय र निर्माणबाट पाएको सफलताबाट हौसिएर हुनुपर्छ, निर्देशनमा संलग्न भइन् । उनले निर्देशनको कमान्ड सम्हालेको फिल्म हो हिम्मतवाली । जतिबेला उनी छविराजसँग छुट्टिसकेकी थिइन् ।

यो फिल्मले औसतमाथिको व्यापार गर्‍यो । हिम्मतवालीपश्चात् डेढ वर्ष चुप देखिएकी रेखाको नयाँ फिल्म रिलिजका लागि तयार भएको छ, रामप्यारी । सविर श्रेष्ठले निर्देशन गरेको यसमार्फत उनले आफ्नो क्षमताको नयाँ पाटो उघारेकी छन्, संगीतकारका रूपमा ।

रेखाको संगीतमा राजेशपायल राई र मनीषा पोखरेलले गाएको ‘अर्को जुनी…’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । जसमा सविन श्रेष्ठ र रेखा स्वयं फिचरिङ छन् । अभिनय र निर्माणमा जस्तै संगीतमा पनि रेखा सफल होलिन् त ? साभार : नेपाल साप्ताहिक



प्रतिक्रिया दिनुहोस्...