-तीनबुँदे प्रस्तावलाई सकारात्मक भन्दै भारतद्वारा स्वागत..

पुस, काठमाडौं । मधेस समस्या समाधानका लागि सरकारले अघि सारेको तीनबुँदे प्रस्तावको भारतले स्वागत गरेको छ । साथै उसले नेपालको अवस्था सामान्य हुनासाथ दुईर् देशको व्यापार सहज हुने विश्वास समेत व्यक्त गरेको छ ।भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषदले पास गरेको प्रस्ताव उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले विदेशमन्त्री सुष्मा स्वराजलाई जानकारी गराएको बताएको छ । ‘नेपालको गतिरोध अन्त्यका लागि भएको सकारात्मक विकासको भारत सरकार स्वागत गर्छ’ विज्ञप्तिमा भनिएको छ ।

भारतले छिमेकी र शुभचिन्तक हुनुको नाताले नेपालमा संविधानलाई लिएर देखिएको मतभेद र अशान्तिसँग आफ्नो गहिरो सम्वन्ध रहेको बताएको छ । उसले संवैधानिक मुद्धामा देखिएको असन्तुष्टि सम्बोधनका लागि आवश्यक परिपक्कता र लचकता देखाउन नेपालका राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ ।भारतले नेपालको अवस्था सामान्य हुनासाथ दुई देशबीचको व्यापारका लागि सहज वातावरण बन्ने बताएको छ ।




प्रतिक्रिया दिनुहोस्...