जनकपुरमा झडप : १ सय आन्दोलनकारी तथा ४५ प्रहरी घाइते...

काठमाडौँ, १४ पुष । मंगलबार दिनभरीको झडपमा प्रहरी सहित मोर्चाका डेढ सय कार्यकर्ता घाइते भएका छन् । आज दिनभर जसो नै भएको झडपमा ४५ प्हरी सहित १ सय भन्दा बढी प्रर्दशनकारी घाइते भएका छन् । जानकी चौकीलाई लक्षित गरी प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि, सुरक्षाकर्मीहरुले पनि लाठी चार्ज एवं अश्रुग्यासका गोला प्रहार गरे लगत्तै दोहोरो झडप हुन पुग्यो ।


सद्भावना अध्यक्ष राजेन्द्र महतो विराटनगरको झडपमा घाइते भएयता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन उग्र बन्दै गएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार आन्दोलनकारीको ढुंगामुढा तथा पेट्रोल बम प्रहारबाट ४५ जना सुरक्षाकर्मी घाइते भएका छन् । स्रोत : ताजा खबर



प्रतिक्रिया दिनुहोस्...