-आजको रासिफल – बि.स.२०७३ चैत्र १० गते । बिहिबार । ईश्वी सन् २०१७ मार्च २३ तारिख । नेपाल सम्बत् १९३७ ।
बि.स.२०७३ चैत्र १० गते । बिहिबार । ईश्वी सन् २०१७ मार्च २३ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । चैत्र कृष्ण पक्ष । तिथि दशमी ११ घडी २७ पला, बिहान १० बजेर ४१ मिनेट उप्रान्त एकादशि । नक्षत्र उत्तरषाडा १८ घडी १२ पला, दिउँसो १ बजेर २४ मिनेट उप्रान्त श्रवण । योग शिव ५३ घडि १२ पला । करण भद्रा, बिहान १० बजेर ४२ मिनेट उप्रान्त वव, बेलुका ११ बजेर ०३ मिनेट उप्रान्त वालव । आनन्दादिमा सौम्य योग ।
काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुका ०६ बजेर १६ मिनेट जादा । दिनमान ३० घडी २३ पला । चन्द्ररासि मकर । विश्व मौसम दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । ब्यापारिक कुल घरानका ब्याक्तिहरु सँगको भेटघाटले नयाँ काम गर्ने जोस जागर बडेर आउनेछ । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ छ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउँन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।
शुभ अंक — ४,९ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको सामना गर्न सहज हुनेछ भने टाडिएका मित्रहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा बढोत्तरि भई प्रशस्त आम्दानि हुनेछ ।
शुभ अंक — २,६ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) दिदिबहिनिबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ ।
शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह, बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।
शुभ अंक — ४,९ शुभ दिशा — दक्षिण
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु तथा प्रतिश्पर्धिहरुलाई पराजित गर्दै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ भने मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यावसायमा लगानि बढाउदा राम्रो प्रतिफल प्राप्त हुनेछ भने नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण अझ मजबुत भएर जानेछ । आलोचना गर्नेहरु तपाईकै काम तथा कुरा गर्दै हिड्नेछन् । शैक्षिक क्षेत्रमा लगानि बढाई राम्रो शिक्षा दिक्षा दिने अवसर प्राप्त हुँने हुँदा सबैले तपाईको कामको सम्मान गर्नेछन् ।
शुभ अंक — ५,८ शुभ दिशा — पश्चिम
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । आकस्मिक धनसम्पति लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक बस्तु तथा सवारि साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।
शुभ अंक —३,६ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । परिवार तथा आफन्तजन सँगको भेटमा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै समय व्यातित हुँने हुँदा मन खुसि रहनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पुर्व
शुभ रंग — ,सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुको हार हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुने तथा सम्झौता अनुसार काम भए तपाईलाई प्रसस्त फाईदा हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । पराक्रम बढ्ने हुँनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । माया प्रेम गर्ने जोडिहरुका लागि भबिश्यमा सँगै बाच्ने बाचा कसम खादै रमाईलो गफ गर्ने अवसर प्रात्त हुनेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
शुभ अंक — १,७ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार तथा आयात निर्यात सम्बन्धि काम गर्दै हुनुहुन्छ भने प्रसस्त नाफा कमाउँन सकिनेछ । कामको तथा अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । तपाईबाट सामाजिक तथा सास्कृतिक क्षेत्रमा सुधारात्मक कामहरुको थालनि हुनेछन् । प्रतिश्पर्धिहरु आफै पराजित हुनेछन् भने बिद्या गरिएको मेहनेत खेर जाने छैन । सुधारात्मक क्षेत्रमा खर्च भएपनि भबिस्यको लागि मार्गनिर्देस हुनेछ । कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने तत्काल शुरु गर्नुनै उचित हुनेछ ।
शुभ अंक —२,७ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छा,आकाक्षा तथा मनोकामना हरु पुरा हुने समय रहेको छ ।
शुभ अंक —३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

