-खुसिको खबर, इजरायल जान चाहनेका लागि आवेदन खुल्यो..
काठमाडौँ- नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार ६० जना केयर गिभरको माग भएपछि आवेदन खुल्ला भएको छ ।
जस अनुसार ४८ जना महिलाको लागि अवसर रहेको छ भने पुरुषका लागी १२ जना मात्र जान पाउने अबससर रहेको छ । यसका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको , कम्तीमा एसएलसी पास भएको तथा उचाई कम्तीमा ५ फिट, तौल कम्तीमा ४५ केजी भएको हुनुपर्ने बताइएको छ ।
यसअघि इजरायल पुगेकाले भने आवेदन दिन पाइने छैन भने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यताप्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयर गिभर तालिम वा प्राक्टिकल नर्सिङ सफलतापूर्वक पुरा गरेको प्रमाणपत्र हुनुपर्नेछ ।
इच्छुक आवेदकले निवेदन दिँदा प्रहरी प्रतिवेदन, नागरिकता तथा राहदानीको फोटोकपी, २ पिपी साइज फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, तालिमका प्रमाणपत्र पेश गर्नुपर्नेछ।
केयर गिभरको अन्तिम छनौट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पिआईबिएले गर्ने
बताइएको छ ।

