-नेपाल आइडलको अडिसनमा थामी नसक्नु भिड (भिडियोसहित) ..
काठमाडौ : एपीवान टेलिभिजनमा प्रसारण हुने सर्वाधिक पुरस्कार राशिको गायन प्रतियोगिता ‘नेपाल आइडल’ मा अत्याधिक सहभागीता देखिएको छ।
राजधानी भन्दा बाहिर भएका अडिसनमा समेत उत्साहजनक सहभागीता देखिएको नेपाल आइडलको राजधानी अडिसनमा समेत शनिबार उत्साहजनक सहभागिता देखिएको छ।
एपीवान टेलिभिजनमा प्रशारण हुने नेपाल आइडलको अडिसन ललितपुरको डिएभी स्कुलमा शनिबार सुरु भएको हो। तियोगितामा नयाँ र पुराना पुस्ताका कलाकारले उत्साहजनक सहभागिता जनाएका छन्।
दुई दिनसम्म चल्ने अडिसन ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा भइरहेको छ। नेपाल आइडल प्रतियोगितामा नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले भाग लिन पाउँछन् । यसअघि नेपाल आइडलको अडिसन पोखरा, नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्जमा भइसकेको छ ।

