-आजको रासिफल – बि.स.२०७३ माघ १४ गते । शुक्रबार । कतै आज गुड friday हेर्नुहोस..


बि.स.२०७३ माघ १४ गते । शुक्रबार । ईश्वी सन् २०१७ जनवरी २७ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । माघ कृष्ण पक्ष । तिथि औशि ५७ घडि २८ पला । नक्षत्र उत्तरषाडा, ३८ घडि ४४ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ३९ मिनेट जादा । दिनमान २६ घडी ५१ पला । चन्द्ररासि मकर ।
मेष (चू ,चे, चो, ला, लि,लू, ले,लो,अ) राज्यमा सम्मानजनक उपस्थिति रहनेछ भने निति निर्माण तहमा तपाईको बर्चश्व कायम रहनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काममा सफलता मिल्ने तथा मानसम्मान, ईज्जत, प्रतिष्ठामा बृद्धि भएर जानेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
शुभ अंक — १,४ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । ब्याबसायमा प्रशस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुँने हुँनाले मन चिन्तित रहेने छ ।
शुभ अंक — २,६ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ देवमाताय नम
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) कार्यक्षेत्रमा प्रशस्त समय दिनुपर्ने तर न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुँदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्ने छ भने दाम्पत्य जीवनमा सामान्य घटपटको योग रहेको छ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह, बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।
शुभ अंक —४,८ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ दिगम्बराय नम
सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे) प्रतिश्पर्धाको लडाईमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । नयाँ नयाँ काम गर्ने जागर आउने तथा काम गर्ने शैलि परिवर्तन गरेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । सामाजिक कामका सवालमा सर्वसाधारणको गतिलो समर्थन पाईने हुँदा काम गर्न उत्साहित होईनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिने र ति योजना अनुशार काम अगाडि बढाउँदा प्रतिष्ठित ब्याक्तित्वहरुको भनेजस्तो समर्थन पाईनेछ । पढाई लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिनेछ हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् ।
शुभ अंक — ५,९ शुभ दिशा —पश्चिम
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या (टो, पा,पी,पु,ष,ण,ठ,पे,पा) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुँनेछ । ब्यापार ब्याबसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा आफ्नो फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । प्रेम प्रसङगमा घटपट आउँने तथा आफुले मन पराएको मानिसलाई समय दिन नसक्दा टाडिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।
शुभ अंक —६,७ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त) सवारि साधन तथा घर जग्गा किन्दै हुनुहुन्छ भने ध्यान दिनुहोला गलत ब्याक्ति तथा बिचौलियाले फसाउन सक्छन् । निति निर्माण तहमा हुनुहुन्छ भने ख्याल गर्नुहोला तपाईको निर्णय सर्बत्र आलोचना हुनेछ । पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमा सरहमा मानिस सँग छुटिनु पर्दा मन खिन्न हुनेछ । बिवादित बिषयको उठान नगर्नुहोला नकरात्मक नतिजाको सामना गर्नु पर्नेछ । परिवार तथा आफन्तसँगको आन्तरिक छलफलमा राज बाजिने हुँदा निचोड निकाल्न मुस्किल पर्नेछ । कृषि तथा पशुपालन ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट काममा भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । मनग्गे रुपैया पैसा कमाईने हुँदा अन्य क्षेत्रमा लगानि गर्ने जोस जागर आउँनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने लेखेरै आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिको संगत तथा भेटघाटले मन प्रशन्न हुनेछ ।
शुभ अंक —२,५ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा पति पत्नि बिच घरायसि कुरामा मनमुटाब बढ्नेछ भने आफन्त तथा ईष्टमित्रहरु तपाईको ब्याबहार देख टाडिन सक्छन् ख्याल गर्नुहोला ।
शुभ अंक —६,९ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ भने बिपक्षहिरुको माग सम्बोधन गर्न गतिलो भुमिका निभाउन सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् ।
शुभ अंक — २,६ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
कुम्भ (गू ,गे,गो,सा,सी,सू ,से,सो,दा) बिदेशी भुमिमा बसेर गरिने लगानि तथा कामबाट मनग्गे आम्दानि हुनेछ भने स्वदेशी भुमिमा गरिने ब्यापार ब्याबसायमा सोचेजस्तो आम्दानि नहुन सक्छ । शिक्षा तथा कामको लागि लामो दुरिको बिदेश यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग सैद्धान्तिक बिषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बडे फाईदा हुने देखिन्छ ।
शुभ अंक — ३,५ शुभ दिशा — पुर्व
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची) ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ भने अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने पारिवारिक माहोलको क्रममा मिठा मिठा परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।
शुभ अंक —३,९ शुभ दिशा — उत्तर
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र




प्रतिक्रिया दिनुहोस्...