शंकाले जलाएको लंका.. हेर्नुहोस् कसरी गरे हत्या ..?
-यी हुन् सलमानकी पहिलो प्रेमिका, कति सिलौटाले थिचेर श्रीमतीको बीभत्स हत्या,
नवलपरासी / नवलपरासीको शिवमन्दिर–२ निवासी विश्वास पौडेलले शनिबार राति आफ्नै श्रीमती पार्वती पौडेलको बीभत्स हत्या गरेका छन्।
हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै स्थानीय महिलाहरूले आइतबार करिब ३ घण्टा घटनास्थल अगाडिको मुख्य राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गरे। श्रीमतीको हत्याको अभियोगमा विश्वासलाई गए राति नै पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
शिवमन्दिर गाविस वडा नं २ का विश्वास पौडेलले गए राति १ बजेको समयमा आफूसँगै सुतिरहेकी २७ वर्षीया श्रीमती पार्वती पौडेललाई सिलौटाले टाउकोमा थिचेर निर्मम ढंगले हत्या गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। गए राति १ बजेको समयमा श्रीमतीको सुतिरहेको अवस्थामा बीभत्स हत्या गरी प्रहरीमा गिरफ्तारी दिने पौडेललाई कडा कारबाहीको माग गर्दै स्थानीय महिलाहरूले पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि चक्का जाम गरी सडक अवरुद्ध पारेका हुन्।
भागदौडमा परी कावासोती–५ निवासी ६० वर्षीय पार्वती देवकोटाको खुट्टा भाँचिएको छ भने अर्की एक महिलाको टाउकोमा चोट लागेको छ।

