-अब कतारमा भएका नेपाली कामदारलाई आयो खुशीको खबर अब देखि कम्पनि फेर्न नेपाल फर्किन अनुमति लिन नपर्ने
काठमाडौं । कतारमा आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । कतार सरकारले लागू गरेको ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेसँगै रोजगारीमा कतारमा रहेकाहरुलाई राहत मिलेको हो । दोहाका सरकारी अधिकारीहरुले ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने दाबी गरेका छन् । तर, अधिकारकर्मीहरुले नयाँ प्रणालीले पनि कामदारको सुरक्षा हुन नसक्ने जनाएका छन् ।
उनीहरुले कामदारहरु स्वदेश फर्कन राेजगारदाताको अनुमति चाहिने भन्दै असन्तुष्टि जनाएका छन् । सरकारी अधिकारीहरुले ‘काफला’ प्रणालीलाई विस्थापित गर्ने नयाँ कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारको सुरक्षा दिने बताएका छन् । सन् २०२२ को विश्वकप फुटबल खेलका लागि पूर्वाधार बनाउन हजारौं वैदेशीक कामदार कतारमा रोजगारीका लागि गएका छन् ।

