-प्रचण्ड सरकारको एक निर्णयले भारतमा हंगामा मिडियाले लेखे- नेपालले दियो झट्का

फाष्ट ट्र्याक किन भारतलाई यति धेरै चासो ?

नेपालको राजधानीसँग भारतसँगको मुख्य नाका बीरगञ्जलाई जोड्ने यो द्रुतमार्गमा भारतले आँखा लगाइरहेको थियो । नेपालमा विकाश हुनै नदिने र दिएपनि नियन्त्रित विकाशमा आफ्नो हात माथि राख्ने भारतीय प्रयास रहेको आलोचकहरु बताउँछन् । फाष्ट ट्र्याक हातमा लिएर सिमरामा क्षेत्रीय विमानस्थल समेत बनाउन नदिने भारतको योजना रहेको त्यतिबेला केही विश्लेषकहरुले लेखेका थिए ।तर प्रचण्डको यो निर्णयबाट भारत बेखुसी रहेको भारतीय सञ्चार माध्यमका पछिल्ला हेडलाइन समाचारले देखाएका छन् । प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी दिने क्रममा नै फाष्ट ट्र्याक आफैले बनाउने अडान राखेका थिए । प्रचण्ड सरकार गठन भएपछि कतिपय भारतीय विश्लेषकहरुले प्रचण्ड सरकारले पहिलो काम फाष्ट ट्र्याक बनाउने जिम्मा भारतलाई दिनु रहेको समेत लेखेका थिए ।





प्रतिक्रिया दिनुहोस्...