-आयोजनामा समस्या आएपछि ४५ मिनेट विद्युत् आपूर्ति बन्द हुदा कुलमानले मागे माफी
आयोजनामा समस्या आएपछि ४५ मिनेट विद्युत् आपूर्ति बन्द हुदा कुलमानले मागे माफी!
काठमाडौँ नेपाल विद्युत् प्राधिकरणको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भयो । प्रवक्ता अधिकारीका अनुसार सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यसमध्ये पहिलो युनिटबाट उत्पादन हुने ३५ मेगावाटमा समस्या आएको हो ।
“आयोजनाको पहिलो युनिटमा समस्या आएपछि मुलुकभरकै विद्युत् आपूति बन्द भयो, तर प्राधिकरणले समयमै समस्या समाधान गर्न सफल भएपछि केहि समयमा पुनः विद्युत् आपूति सूचारु भयो । किन समस्या आयो भन्ने बारेमा हामी थप अध्ययन गछौैँ”–प्रवक्ता अधिकारीले भने । साँझ ५ः४५ देखि प्राधिकरणको प्रणालीमा समस्या आएपछि मुलकुभर नै विद्युत् आपूर्ति बन्द भएको थियो । यस्तै प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले पनि प्रणालीमा सामान्य समस्या आएको जानकारी दिएको छ । विद्युत् मागको दुईतिहाई भन्दा बढी भार काठमाडौँ उपत्यकामा नै भएकाले राजधानी बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
साँझको समयमा अत्याधिक विद्युत् माग हुने भएकाले प्रणालीमा समस्या आएको हुन सक्ने बताइएको छ । विद्युत आपूर्तिमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले समाजिक सञ्जालमा लैख्दै ग्राहकसँग माफी मागेका छन् । सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

