जोया जिबन जेल परेको जस्ता भ्रामक खबर झुटो भएको जानकारी दुइ जनाको बिहे दर्ताको लागि मिना खरेलको ठुलो सहयोग.मामा कामी मगर सायबर केशको फन्दामा !

जोया जिबन जेल परेको जस्ता भ्रामक खबर झुटो भएको जानकारी गराउँदछौँ
उनिहरु चितवनमा बिहे दर्ता गरी काठमाडौँ आइसकेका छन् ।
बरु जीवनका मामा कामे मगर र डीके मिडियाका पत्रकार महेश राना भनिने व्यक्ति भने साइबर क्राइम आरोपमा चितवन प्रहरीमा रिपोर्ट परेकाले अस्ति जिबन जोयाको बिहे दर्ता गरिसके पछी फर्किने क्रममा प्रहरीले लगेका थिए !
सूचना प्रविधिसम्बन्धी ऐन, २०६३ को दफा ६० (५) को अन्तरिम व्यवस्था अनुसार देशै भरि जहाँ सुकै यस्तो मुद्धा परे पनि २०६४ जेठ २५ बाट साइबर क्राइम सम्बन्धि सम्पूर्ण मुद्दा काठमाडौँ जिल्ला अदालतले हेर्ने गर्छ।
जस अनुसार कामे मगर र पत्रकार महेश राना मगर दुबैलाई हिजै काठमाडौँ हनुमानढोकामा ल्याई सकिएको छ ।
आज बिहान दश बजे छलफल पछी म्याद थप्ने , छाड्ने या के गर्ने भन्ने टुंगो लाग्नेछ।
कामे मगरले एक जना पिडितकै लागि महिनौ दुख गरी जोया र नानीहरुलाई उद्धार गरि फर्काएको र महेश राना मगरले समेत पत्रकारिका कै धर्म निभाएको प्रमाणित भए उनीहरुलाई आजै छाडिने छ ।
सोहि साइबर क्राइम मुद्दा न्युयोर्क निवासी आङ कामी शेर्पा बिरुद्ध पनि परेको बुझिएको छ ।मुख्यत आङ कामी शेर्पाले चितवनको एक संस्थाकी प्रमुख बारे बोल्दा केहि अपशब्द बोलेको उनीहरुको आरोप छ ।
साथै जोया र नानीहरुको उध्दार भई पुन: पारिवारिक पुनर्मिलन भएकोमा उक्त संस्थाले समेत खुसि व्यक्त गर्दै स्वागत गरेको छ ।
बिगतमा जोया नेपालमा ४ बर्स सम्म नेपालमा अबैधानिक बस्दा उक्त संस्थाकै पहलमा जोयाको जरिवाना रु. ७ लाख फिलिपिनी दुताबासले तिरीदिएको , जीवनको बसाई सराइ चितवनमा गरिदिएको , जोया जीवनका नानीहरुको चितवन अस्तपालमा जन्म प्रमाणपत्र बनाइदिएको. प्रमाण पत्रमा
बाबुको नाम जीवन मगर नै रहेको, सोहि आधारमा उनीहरुले कुनै पनि समय नेपाली नेपाली नागरिकता प्राप्त गर्न सक्ने , २ बर्स पछि जोया नेपालनै फर्किने सल्लाह भएको , फिलिपिनी दुताबास मार्फत जोयाको उध्दारकै लागि जीवनलाई केहि हद सम्म नराम्रो भएको बिवरण पेश गर्नु
परेको , अन्यथा अहिले सम्म जोया अबैधानिक नै रहने यथार्थ रहेको र हाल सोहि प्रयास र कागजकै आधारमा जोया जिबनको सजिलै बिवाह दर्ता हुन सकेको र प्रशासनमा पनि सजिलै काम हुने देखिएको छ ।
आखिर सबैको सहयोगले जोया र जीवनको पारिवारिक मिलन र नागरिक अधिकार पुनर्स्थापना भएको छ।
उक्त कार्य पुरा गर्ने क्रममा आबेशमा दुवै पक्ष बाट दोषारोपण , भनाभन , आरोप , आक्षेप भएको र व्यक्ति तथा संस्थाकै गरिमामा प्रहार भएको भन्दै उक्त संस्थाले चित्त दुखाएको हो ।यसका लागि जोया जीवनले उक्त संस्था संग धन्यवाद भन्दै माफी मागिसकेको छ भने आगामी दिनमा उक्त संस्थाले आङ कामी शेर्पा , कामे मगर र महेश राना बिरुद्धको मुद्दा फिर्ता लिने, र प्रतिवादी पक्षले पनि त्यस्ता खालका नकारात्मक लेख , तस्बिर , भिडियो हटाउने र भबिस्यका यस्ता कार्य नगर्ने सहमति छ ।
एक जना सचेत नागरिकले बुझ्न सक्छ कि कुन बाध्यता , चेपुवा र परिस्थितिमा जोया जिबन यहाँ सम्म आइपुगेका छन , तै पनि ती दुइको मुख बाट कहिँ कतै कोहि बिरुद्ध बोलेको भेटिएन , कारण उनीहरुले सबैको गुन भुलेका छैनन् ।
यसर्थ अबको बाकि झगडा भनेको अत्यन्तै अनाबश्यक र आरोप प्रत्यारोप मात्रै बाकि हो , जुन कहिलेइ सकिन्न ।
बरु साझा प्रयासमै पीडितले न्याय पाएकोमा सबै खुशी हुनु पर्ने देखिन्छ ।
अन्यथा घटना भन्दा बाहिरी व्यक्ति हरुले जोया जीवनकै नाममा थप झैँ झगडा , मुद्दा मामिला गरेमा जोया जिबनको सहयोग नहुने उनीहरुले बताएका छन् ।
साथै जोया जीवन अत्यन्त मानसिक तनावको स्थिति बाट गुज्रिरहेकोले भबिस्यमा कुनै दुर्घटना भएमा उही पक्ष नै जिम्मेवार हुनेछ ।




प्रतिक्रिया दिनुहोस्...