-खुशीको खबर वैदेशिक रोजगार बोर्डको अर्को निर्णय, कामदारका परिवारले १७ लाख पाउने !!
काठमाडौं, २५ चैत । लाखौ युवा विदेशमा काम गरिरहेका बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अहिलेसम्मै महत्वाकांक्षी निर्णय गरेको छ ।
वैशाख १ गतेदेखि लागु हुने यो निर्णयअनुसार अब वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्यु भएमा तिनका परिवारले १७ लाख ५० हजार क्षतिपूर्ति पाउने छन् ।
मृतकका परिवारलाई क्षतिपुर्तिस्वरुप १० लाख, शव ल्याउन तथा काजक्रियाको लागि साढे चार लाख र वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख गरी १७ लाख ५० हजार दिइने बोर्डका प्रमुख रघुराज काफ्लेले जानकारी दिए ।
वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हने र त्यसपछि परिवारको विचल्ली हुने समस्या बढेपछि ३ लाख विमासहित महंगो क्षतिपूर्ति पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
बोर्डको तथ्यांक अनुसार ६ महिनामा मलेसियामा २०७ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसैगरी साउदी अरबमा १२८, कतारमा ६९, दुबईमा २७, कुबेतमा १५, बहराइनमा ६ र दक्षिण कोरियामा ३ जनाको मृत्यु भएको छ ।
यो सुविधापछि कामदारका परिवारलाई धेरै राहत हुनेछ ।


