-हात्तीलाई मसाज गराउन यस्तो हानथाप..(भिडियो सहित) ...

के तपाइँ कहिल्यै हात्तीलाई आफ्नो जिउको मसाज गराउने बारे सोँच्न सक्नुहुन्छ ?त्यस्तो आत्मघाती कदम कुनै हुस्सु वा आत्महत्या गर्ने सोँच भएको मान्छेले मात्र लिनसक्ला । तर होइन, थाइल्याण्डमा अहिले हात्तीबाट मसाज गराउने लहर नै चलेको छ र मानिसहरु हात्तीमसाजका लागि मरिहत्ते गरिरहेका छन् ।

 हालै हात्तीद्धारा मसाज गराइरहेका एक जोडीको भिडियो सोसल साइटमा अपलोड भएसँगै त्यो भाइरल बन्यो । उक्त भिडियोमा हात्तीले आफ्नो सुँडले मानिसको जिउमा मसाज गरिरहेको देखिन्छ । सुँडले मात्र होइन हात्तीले आफ्नो खुट्टाले पनि मानिसको जिउमा सुम्सुम्याएर मसाज गर्दछ । स्पेनीस जोडी इगोर र अनास्तासिया निकोस्कोभ हनिमुन मनाउन थाइल्याण्ड आएका रहेछन् ।

 जब उनीहरुले हात्ती मसाजको बारेमा सुनेे मन थाम्न सकेनन् । उनीहरुले पनि आफ्नो जिउमा हात्तीको मसाज गराइछाडे अनि त्यो भिडियो अनलाइनमा पोष्ट गरिहाले । यो हात्ती मसाजको भिडियो थाइल्याण्डको चांग टापुमा खिचिएको हो । 

हात्ती मसाज जति अनौठो तथा रोचक छ, उत्तिनै खतरनाक पनि हुन्छ । एक पलका लागि मात्रै पनि हात्तीको सन्तुलन बिगि्रयो भने मानिसको जिउमा ३ हजार किलोको हात्तिले कुल्चिन पुग्दा हालत के होला ? आफै कल्पना गर्नुस् । तर धन्न अहिलेसम्म कुनै दुर्घटना भएको छैन र मानिसहरु रमाइलो मान्दै हात्ती मसाज गराइरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्...