-दिदी-भिनाजुको डिभोर्सबारे करिनाले यसरी मुख खोलिन .हेर्नुहोस् (भिडियो सहित )..

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपूरको सम्बन्ध विच्छेद ‘डिभोर्स’बारे पहिलोपटक उनकी बहिनी करीनाले मुख खोलेकी छिन् । सोमबार यो विषयमा बोलेकी करीनाले आफ्नी बहिनीको बचाउ गरेकी छिन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार करीनाले आजसम्म बहिनी ज्वाई करिश्मा-संजयको डिभोर्सका बारेमा केही पनि बोलेकी थिइनन् । तर, भर्खरै मात्र मुख खोल्दै उनले भनेकी छिन्- ‘करिश्माको यो समय अप्ठेरो परिस्थितीमा गुज्रिरहेको छ । मैलै आजसम्म यो विषयमा केही पनि भनेकी छैन् । 

म आफ्नी बहिनी करिश्मालाई धेरै माया गर्छु । मेरो मनमा उनका लागि धेरै इज्जत छ । आजसम्म जे कुरा पनि डिभोर्सका बारेमा भएका छन् त्यसमा मैले र करिश्मा दुबैले केही बोलेका छैनौं । र हामी अगाडि पनि यसलाई कायम राख्नेछौं ।’

 बलिउड अभिनेत्री करिश्मा कपूर र सञ्जय कपूरको डिभोर्सलाई बलिउडकै महंगो डिभोर्स मानिएको छ । करिश्मा र संजय कपूरको विहे २००३ सालमा भएको थियो । यिनका दुई बच्चा पनि छन् । यी दुईको डिभोर्सबारे आगामी अप्रिल ७ मा सर्वाेच्च अदालतमा सुनवाई र फैसला हुँदैछ ।    




प्रतिक्रिया दिनुहोस्...